Admission Open

ad place

पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक-भिडियो सार्वजनिक

 

काठमाडौँ : नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ‘दिन्थे मुटु झिकी’ बोलको गीतमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

उक्त गीतकम निसान भट्टराई र बिष्णु माझीको स्वर रहेको छ । गायक तथा संगीतकार ओलीले यसअघि खोलिमा पनि , बुटुवल बसपार्क परदेशको बास लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् । सार्वजनिक गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् ।

शिब बिकले निर्देशन र कोरियोग्राफ़ी गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन, बिमला तामांगको मेकप , मिलन बिस्वकर्माको सम्पादन र पदम सुबेदीको ग्राफिक्स देख्न सकिन्छ । पवन ओली अफिसियलबाट सार्वजनिक गीत यतिबेला युट्युबको ट्रेण्डिङ्गमा समेत पर्न सफल भएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...