Admission Open

ad place

रोनाल्डोको गोलमा म्यान्चेष्टर युनाइटेडको जित

१० खेलाडीमा समेटिएको ब्राइटनलाई दुबै गोल पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजले गरेका हुन् । 

काठमाडौँ, फागुण : इंग्लिस प्रमियर लिगमा म्यान्चेष्टर युनाइटेडले ब्राइटनलाई २-० ले पराजित गरेको छ । जितसंगै म्यान्चेष्टर युनाइटेड लिग अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

१० खेलाडीमा समेटिएको ब्राइटनलाई दुबै गोल पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजले गरेका हुन् ।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५१औं मिनेटमा रोनाल्डोले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । यस्तै ब्रुनोले इन्जुरी टाइमको सातौँ मिनेटमा पउल पोग्वाको पासमा गोल गरेका थिए ।

जितपछि २५ खेलबाट ४३ अंक जोड्दै युनाइटेड चौथो स्थानमा उक्लिएको छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौँ स्थानमा छ ।

युनाइटेडलाई समान खेलबाट वेस्ट ह्यामले ४१ तथा २२ खेलबाट ३९ अंकका साथ आर्सनलले पछ्यारहेका छन्।

चेल्सी ४७ अंकका साथ तेस्रो स्थानमा रहँदा ५४ अंक जोडेको लिभरपुल दोस्रो र लिगमा म्यानचेस्टर सिटी ६३ अंकका साथ शीर्ष स्थानमा छ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...