काठमाडौँ,फागुण : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत १० औं चरणको आइतबार भएको दोस्रो खेल पनि बराबरीमा सकिएको छ।
दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
संकटा १५ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा छ।
यता एपिएफ अंक तालिकाको नवौं स्थानमा छ। एपिएफको १० खेलबाट ११ अंक छ।
यसअघि दिनको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिमले गोलरहित बराबरी खेलेका थिए।