Admission Open

ad place

गणेश माध्यमिक विद्यालयलाई जगत भैरव प्रतिष्ठानद्वारा ३६ लाख सहयोग

भक्तपुर : भक्तपुरको सूर्यबिनायक–८ ननाबुँ सिपाडोलमा रहेको गणेश माध्यमिक विद्यालयलाई जगत भैरव प्रतिष्ठानले ३६ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच प्रतिष्ठानले सहयोग हस्तान्तरण गरेको हो ।

प्रतिष्ठानलाई सूर्य बिनायक–८ का वडा अध्यक्ष किरण थापाले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । निक भुजिकिक हाउजिङ प्रालिबाट १० लाख रुपैयाँ सहयोग र झ्यामो घ्याङ हाउजिङ प्रालिबाट १० लाख र प्रतिष्ठानका अध्यक्ष द्वारिका छत्यालबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

प्रतिष्ठानलाई प्राप्त ३६ लाख रुपैयाँ नै विद्यालयलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष थापाले आर्थिक आवाजलाई जानकारी दिए । थापाकै अग्रसरतामा प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानबाट प्राप्त सहयोगलाई विद्यालयले आवश्यकता अनुसार विद्यार्थीको सेवा, सुविधा तथा शैक्षिक उन्नयनका क्षेत्रमा खर्च गर्नेछ ।

वडा अध्यक्ष थापाले आफू जनप्रतिनिधि भएपछि प्राप्त गरेको सेवा, सुविधा तथा तलबलाई सामाजिक क्षेत्रमा खर्च गर्ने लक्ष्यसहित प्रतिष्ठानलाई सहयोग गरेका हुन् । ‘प्रतिष्ठानलाई सहयोग गर्दै पुनः प्रतिष्ठान मार्फत स्कुललाई सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने ।

यसैगरी विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सिएलपिआइयु)मार्फत भवन निर्माण हुन लागेको हो । सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले भवनको शिलान्यास गरेका हुन् । निर्माण हुने २ वटा ३ तले भवनमा २१ कोठा रहने प्रधानाध्यापक रवीन्द्र थापाले जानकारी दिए ।

टिप्पणिहरु
Loading...