Admission Open

ad place

नेपाल र मरिससको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको संघर्षपूर्ण जित

खेलको १० औं मिनेटमा नेपालका सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक गोल साबित भयो ।

 

 

काठमाडौँ,माघ १८

दशरथ रंगशालामा भएको नेपाल र मरिससको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी भएको छ ।

खेलको १० औं मिनेटमा नेपालका सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक गोल साबित भयो । नविन गुरुङको कर्नर प्रहारमा  आशिष लामाले दिएको पासलाई  पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै उनलाई पास मिलाएका थिए ।

नेपालले अग्रता लिएको केही मिनेटमै मोरिससले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाएका  थिए । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई डि बक्स भित्र फाउल गरेपछि मरिससले पेनाल्टी पाएको थियो ।

पहिलो हाफमा खेल सामान्य भएपनि दोस्रो हाफ भने तनावपूर्ण रह्यो । ७१ मिनेटमा अञ्जन विष्टलाई फाउल गरेको विषयमा झडप भएपछि नेपालका पुजन उपरकोटी र मोरिससका एड्रिन बोट्लरलाई रेफ्री नविन्द्र महर्जनले रातो कार्ड देखाएका थिए । त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित बनेको थियो ।

नेपालका गोलकिपिङ प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्ड देखाइएको थियो । मैदान छिरेर विपक्षीमाथि केही शब्द प्रहार गरेपछि उनले पनि रातो कार्डको सामना गर्नु परेको थियो  ।

७९ मिनेटमा मरिसस ९ खेलाडीमा सीमित भयो। मरिससका इम्यान्युएल फूलचुडले नेपालका गौतम श्रेष्ठलाई डरलाग्दो ट्याकल गरेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

तनावपूर्ण खेलमा ४ रातो कार्ड देखाइएको थियो ।

नेपालले शनिबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा १–० को विजय हासिल गरेको थियो । विजई गोल विमल घर्ति मगरले दोस्रो हाफमा गरेका थिए ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...