Admission Open

ad place

कालीकोटमा डडुवा रोगले आलु नष्ट

मान्म : कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो ।

आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै गाउँका किसानहरुले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताइन् । “विगतमा आलुबाट हामीले राम्रै आम्दानी लिने गरेका थियौं”, उनले भनिन्, “यो वर्ष के भएर हो खै गाउँमा लगाएको सबै आलु नष्ट भएको छ ।”

नगरपालिकाको कृषि शाखाबाट अनुगमन गर्दा डडुवा रोगबाट आलु नष्ट भएको जानकारी आएको नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । “डडुवाले आलु नष्ट भएका किसानलाई राहत दिइनेछ ।”

टिप्पणिहरु
Loading...