Admission Open

ad place

इराकलाई हराउदै इरान लगातार तेस्रो पटक विश्वकपमा छनोटमा

काठमाडौँ, माघ १४

कतारमा आयोजना हुने फिफा विश्वकप-२०२२ का लागि एसियाली समुहबाट इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको छ ।

इरानले इराकलाई गए राती १–० गोल अन्तरले हराउँदै  विश्वकपमा छनोट भएको हो । इराकलाई पराजित गर्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको हो ।

इरानलाई विश्वकपमा पुर्‍याउन मेहदी तारेमीले निर्णायक गोल गरे। उनले दोस्रो हाफको ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यो छनोटसँगै इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएको छ ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् । इरानले बाँकी दुई खेल हारे पनि शीर्ष दुईमै रहने भएकाले विश्वकपमा स्थान पक्का गरेको हो ।

इरान समूह ‘ए’ मा ७ खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।

यसै समूहको अर्को खेलमा लेवनानलाई १-० ले हराउँदै दक्षिण कोरिया १७ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरियालाई अब छनोट हुन एक जित आवश्यक छ ।

यस्तै सिरियालाई २-० ले पराजित गर्दै ९ अंक जोडेको युएई तेस्रो स्थानमा छ ।

यसैगरी छनोटको समूह ‘बी’ मा अष्ट्रेलिया र जापानले जित हात पारेका छन् । अष्ट्रेलियाले भियतनामलाई ४-० र जापानले चीनलाई २-० ले हरायो ।

जापान ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । साउदी अरेबिया शीर्ष स्थानमा छ । यस समूहबाट तीन टिम सिधै विश्वकप छनोट हुने होडमा छन् ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...