
काठमाडौं : परदेशीको पीडा र मनोभावनालाई प्रस्तुत गरिएको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद आयो’ सार्वजनिक भएको छ।
यस गीतमा अमेरिकामा रहेका गीतकार गोपाल लोहारको शब्द रहेको छ भने सविन सुवेदीको स्वर रहेको छ । दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
परिवारका सदस्य टाढा हुँदाको पीडा र विदेशमा भोग्नु परेको मर्माहतलाई विजय बराल, प्रमिला खनाल र माया पौडेलको लगायतका कलाकारहरुले जिवन्त बनाएका छन् । श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।
काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन्। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । निर्माण टिमले भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
भिडियो लिंक: