काठमाडौं : काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ। प्रतिमा अर्याल र चेत बहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीतसमेत गायक बुढाथोकीको रहेको छ ।
रमाइलो शैलीको गीतको भिडियोलाई शिब बिकले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने म्युजिक भिडियोमा संचिता शाही ,रेशम फिरिरी ,सन्तोष मगराती र चेत बहादुर बुढाथोकीको अभिनय रहेको छ।
शिव न्यौपानेको छायांकन, पदम सुबेदीको सम्पादन, राकेश दाहालको कलर र सक्षम पुडासैनीको मेकअप रहेको अडियो भिडियोलाइ रसिक म्युजिकले बजारमा ल्याएको हो।
Video Link :