Admission Open

ad place

गायक तथा संगीतकार शिव संगमको ‘विश्वासको घर’ सार्वजनिक


काठमाडौँ :  प्रवासमा रहेर पनि  नेपाली सुगम संगीतमा क्रियाशिल गायिका सुष्मा राई र गायक शिवसंगम राईको स्वरमा रहेकोको गीत ‘विश्वासको घर’ सार्वजनिक भएको छ । इश्वर चाम्लिङको शब्द तथा शिव संगम राईको संगीत र सुन्दर लामाको संगीत संयोजन गीतमा रहेको छ । माया रहेका प्रेमील जोडि विचको प्रेमको भावलाई चित्रण गरिएको छ  । नेपाली मौलिक पनमा तयार पारिएको भिडियोमा प्रेमको सुन्दर परिभाषालाई कलात्मक रुपमा भिडियोमा देखाइएको छ ।

अनिल कुमार मान्धरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन छ । ‘विश्वासको घर’ गीतको भिडियोमा प्रिया रानी लामा र प्रविण डिसीको जिवन्त अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई ओ एस आर डिजिटलले बजारमा ल्याएको छ ।

‘विश्वासको घर’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...