Admission Open

ad place

बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

काठमाडौँ, २९ पुस

अतिरिक्त समयमा फेडेरिको भाल्भर्डेले गोल गरेपछि रियल म्याड्रिडले बार्सिलोनालाई ३–२ ले हराउँदै सुपरकोपा डे स्पानाको फाइनलमा प्रवेश गरेको छ ।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा बुधबार राति भएको एल क्यासिकोमा रियल ले २५ औं मिनेटमा अग्रता लिएको थियो । उनका लागी  भिनिसियस जुनियरले सुरुवाती गोल गरेका थिए। उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।

तर, खेलको ४१ औं मिनेटमा बार्सिलोनाका लुक डि जोङले गोल गर्दै खेललाई  १–१ गोलको बराबरीमा ल्याएका थिए ।

७२औं मिनेटमा करिम बेन्जेनमाले गोल गर्दै रियल लाई २ – १ को  अग्रता दिलाएका थिए । तर, ८३औं मिनेटमा जोर्डी अल्वाको पासमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई पुनः खेलमा फर्काए।

निर्धारित समयमको खेल २-२ भएपछि खेल अतिरिक्त समयम तिर धकेलिएको  थियो । जसमा अतिरिक्त समयको आठौं मिनेटमा भाल्भर्डेले गोल गरेसंगे रियलले खेल ३- २ मा सकाएको थियो ।

रियलले सिजनको पहिलो एल क्यासिकोमा पनि बार्सिलोनालाई उसैको मैदानमा २- १ ले हराएको थियो ।

अब रियलले उपाधिको लागी एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्नेछ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...