काठमाडौँ, २४ पुस
शहीद स्मारक ए डिभिजन लिगको आठौं चरण अन्तर्गत शनिबार भएका खेलमा मछिन्द्र, मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी टिमले जित हात पारेका छन् ।
शनिबार भएको पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले फेण्ड्स क्लबलाई १-० ले पराजित गरेकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलको ६७ औं मिनेटमा फ्रेण्ड्सका राेनेल एन्थाेनी पउलले दाेस्राे हाफमा आतमघाती गाेल गरेका थिए ।आतमघाती गाेल सँगै मछिन्द्रले ३ अंक जाेड्न सफल भयाे ।
जितपछि लिग लिडर मछिन्द्रले ८ खेलबाट २० अंक जाेडेकाे छ ।
उता ८ खेलबाट ३ अंक मात्र रहेकाे फ्रेण्ड्स रेलिगेसन जाेनमा छ ।
मनाङ मर्स्याङ्दीको सानदार जित
पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबलाई ५-० ले पराजित गरेको हो। पोखरामा भएको ‘ए’ डिभिजन लिगका तीनवटै खेलमा मनाङले जित हात पारेको छ। पोखरा मनाङको घरेलु मैदान पनि हो ।
मनाङको सानदार जितमा आफिज ओलावालेले ह्याट्रिक तथा दिनेश राजवंशी र ओलुवान्मी एड सोमिडेले एक – एक गोल गरेका थिए । ओलावालेले ४३औं मिनेटमा एक गोल र दोस्रो हाफको इन्ज्युरी समयमा २ गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै, सोमिडेले खेलको तेस्रो मिनेटमा तथा दिनेशले ८६ औं मिनेटमा गोल गरेका थिए ।
८ खेलबाट १९ अंक जोड्दै मनाङ दोस्रो स्थानमा यथावत छ ।
उता च्यासल युथ क्लब भने ५ अंकसहित अंकतालिकाको १३ औं स्थानमा छ ।
आर्मीको जित
आजै भएको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिमलाई १ – 0 गोलले पराजित गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा आर्मीले पहिलो हाफको १७ औं मिनटमा विजइ गोल गरेको थियो । उनको जितमा दिनेश हेमजनले गोल गरेका थिए । उनले जगजित श्रेष्ठको पासमा हेड मार्फत गोल गरेका थिए ।
८ खेलबाट १४ अंक जोडेको आर्मी अंक तालिकाको चौथो स्थानमा यथावत छ । समान खेल खेलेको संकटा क्लब १४ अंक सहित गोल अन्तरले तेस्रो स्थानमा छ ।
उता न्युरोड टिम ८ खेलबाट १० अंकको साथ अंकतालिकाको ७ औं स्थानमा यथावत छ ।