Admission Open

ad place

ए डिभिजन लिग : आर्मी र एपीएफले बराबरी खेल्दै अंक बाँडे

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ६३ मिनेटमा आर्मीले अग्रता लिएको थियो ।

काठमाडौँ, १६ पुस

सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबारबाट सुरु भएको सातौं चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टिमले १ – १ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ६३ मिनेटमा आर्मीले अग्रता लिएको थियो ।

आर्मीको लागी  जर्सप्रिन्स कार्कीले गोल गरेका थिए ।

गोलको खुसी केहि क्षण रहन नपाउँदै चार मिनेटपछि एपिएफले बराबरी गोल फर्कायो। खेलको ६६‍औं मिनेटमा एपिएफका विक्की तामाङले गोल गर्दै खेल बराबरी बनाए । त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा खेल बराबरीमा रोकिएको हो ।

चौथो स्थानको आर्मीको ७ खेलबाट ११ अंकको साथ अंक तालिकामा तेस्रो स्थानमा यथावत छ । यता एपीएफ ७ खेलबाट ६ अंकसहित ११औं स्थानमा छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...