Admission Open

ad place

ए डिभिजन लिग : थ्रीस्टारसँग बराबरी खेल्दा आर्मीलाई धक्का

बराबरीसँगै आर्मीको एएफसी कपमा छनोट हुने लक्ष्य समाप्त भएको छ।

काठमाडौँ, ११ पुस

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको दोश्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीसँगै आर्मीको एएफसी कपमा छनोट हुने लक्ष्य समाप्त भएको छ। यो सिजनमा चोथो बराबरी खेलेको आर्मीलाई भने यो ठुलो धक्का हो ।

एएफसी कपमा पुग्नको लागी आज आर्मीले थ्री स्टार लाई जित्नै पर्ने हुन्थ्यो । सातौं चरणसम्ममा शीर्ष हुने टिम एएफसी कपमा पुग्ने प्रावधानअनुसार आर्मीले अर्को चरणमा जित हात पारे पनि शीर्ष स्थानको मछिन्द्र क्लबलाई पछि पार्न सक्ने छैन।

बराबरी सँगै आर्मी ६ खेलबाट १० अंकसहित चौथो स्थानमा छ भने शीर्ष स्थानको मछिन्द्रको १४ अंक छ। त्यस्तै, चौथो बराबरी नै खेलेको थ्री स्टार ६ खेलबाट ७ अंक जोडेर सातौं स्थानमा उक्लेको छ ।

यो पनि पड्नुस 

ए डिभिजन लिग : उत्तम राईको दुईसँगै संकटा तेस्रो स्थानमा

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...