काठमाडौँ, १० पुस
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा मछिन्द्र क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै जित निकालेको छ।
शनिबार दशरथ रंगशालामा भएको रोमान्चक खेलमा साविक विजेता मछिन्द्र क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १ – 0 गोलले हराएको हो ।
मनाङको जितमा सुनील बलले दोस्रो हाफको इन्जुरी टाइममा प्राप्त फिकिकमा उत्कृष्ट गोल गरेका थिए।
जितसँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्रको ६ खेलबाट १४ अंक भएको छ।यो हार सँगै दोस्रो स्थानमा झरेको मनाङको १३ अंक छ।
यो पनि पड्नुस
ए डिभिजन लिग : च्यासललाई हराउँदै हिमालयन शेर्पाको लगातार दोस्रो जित