Admission Open

ad place

‘हे ईश्वर’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ : गायक नारायण गजमेरको नयाँ गीत ‘हे ईश्वर गीतको भिडियो सार्वजनिक भएको छ ।गायक नारायण गजमेरको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको गीतको भिडियो शुक्रबार बजारमा आएको हो ।

अमेरिकामा बस्दै आएका गायकको दर्जनौँ नेपाली आधुनिक गीतमा डम्बर नेपालीको शब्द तथा संगीतमा हे ईश्वरको भिडियो बजारमा ल्याएका हुन् । वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासि आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको गीतमा मोडलद्वय रमेश दियाली र सुरविना कार्कीको अभिनय रहेको छ। विकाश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । गायक गजमेरको निश्चल एल्वम बाट यस गातलाई दुर्गा खाती गजमेरजीले प्रोड्युस गर्नु भएको हो। यसै एल्वलमा रहेको रोतो रिबम बोलको गीत पनि चाडै बजारमा आउदै छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...