काठमाडौँ, ९ पुस
युएईमा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता नेपाल बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले नेपाललाई १५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिंग गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट क्षेतीमा २९७ रन बनाएको थियो ।
बंगलादेशको ब्याटिंगमा मोहम्मद प्रान्तिक नवरोजले ११२ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक १२७ रन ( अविजित ) बनाए । त्यस्तै मोहम्मद फहिमले ५४ बलमा तिन चौका र तिन छक्का हान्दै ५८, ऐच मोल्लाह २२, इफ्तिखार होसेन र मेहरोब हसनले समान २१ तथा मोहम्मद महफिजुल इश्लाम ले १७ रन बनाएका थिए ।
बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १४३ रनमा अलआउट भयो। नेपालको ब्याटिंगमा गुल्सन झाले सर्वाधिक ३५ रन, बिबेक मगरले ३३ रन, बिबेक यादवले २६, अर्जुन साउदले १५ तथा देव खनालले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
नेपालको बलिंगमा गुलसन झा , तिलक राज भण्डारी र आदील अन्सारी ले समान एक विकेट लिए।
बंगलादेशको बलिंगमा बलर हसन साकिब, रकिबुल हसन, एसएम मेहरुब र नैमुर रोहमनले समान दुई विकेट लिए।
समूह ‘बी’ मा रहेको नेपालले आफ्नो दोश्रो खेल डिसेम्बर २६ तारिखमा श्रीलंकासंग तथा तेश्रो खेल खेल डिसेम्बर २८ तारिखमा कुवेतसग खेल्ने छ।
प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत, भारत, पाकिस्तान,अफगानिस्तान र आयोजक युएई छन् ।
समुह ‘बि’ मा बंगलादेश, श्रीलंका र कुवेत छ भने समुह ‘ए’ मा भारत, पाकिस्तान,अफगानिस्तान र आयोजक युएई छ।
समुह चरणमा तिन वटा खेल पछि प्रत्यक समुहबाट अंकतालिकामा उत्कृस्ट हुने दुई टिम सेमीफाइनल पुग्नेछन् ।