Admission Open

ad place

ए डिभिजन लिग : अग्रता जोगाउन नसक्दा एनआरटीले एपीएफसँग अंक बाँड्यो

६९औं मिनेटमा आशिष लामाले दिएको क्रसमा नविन लामाले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याएका थिए ।

काठमाडौँ,९ पुस

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले दुई गोलको अग्रता उल्टाउँदै न्युरोड टिम (एनआरटी) सँग बराबरी खेल्दै अंक बाँडेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपिएफ र एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन ।

एपीएफका लागि आशिष लामा, दिपेश धिमाल र नविन लामाले गोल गरे भने एनआरटीका लागि दर्शन गुरुङले दुई तथा मेसुके ओलोमोउले एक गोल गरे ।

मेसुके ओलोमाउको पासमा दर्शन गुरुङले ३२ औं मिनेटमा एनआरटीलाई  अग्रता दिलाएका थिए। तर त्यसको पाँच मिनेट नबित्दै एपीएफका आशिष लामाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उनले  प्रदीप लामाको पासमा गोल गरेका थिए ।

४८औं मिनेटमा पुनः दर्शन गुरुङले गोल गर्दै एनआरटीको लागी अग्रता दोब्बर बनाएका थिए । उनले रन्जन बिस्टको मिस किक बललाई चेस्टबाट नियन्त्रणमा लिदै उत्कृष्ट गोल गरेका थिए । ६० मिनेटमा मेसाउकेले बल जालीमा चुमाए सँगै  एनआरटी ३-१ गोलको अग्रता लिएको थियो । उनले स्टेफन समिरले मध्यभागबाट उपलब्ध गराएको बलमा गोल गर्न सफल भएका थिए ।

तर १० मिनेट भित्र एपीएफले दुई गोल फर्काउँदा एनआरटीले दुई गोलको अग्रता कायम राख्न सकेन । एपीएफका लागी  ६५औं मिनेटमा दिपेश धिमालले गोल गरे । उनले नविन लामाको फ्रिकिकमा गोल गरेका थिए ।

६९औं मिनेटमा आशिष लामाले दिएको क्रसमा नविन लामाले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याएका थिए ।

एनआरटीको यस सिजन यो चौथो बराबरी हो । बराबरीसँगै एघारौं स्थानको एपिएफले ६ खेलबाट ५ अंक जोडेको छ। एनआरटी भने ७ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...