काठमाडौँ, पुस
इङ्ग्लिस प्रिमियर लिग; आइतबार राति भएको खेलमा उपाधि होडमा रहेको चेल्सी पुनः एक चोटी बराबरीमा रोकिएको छ ।
गएराती चेल्सी वेल्भेसँग गोलरहित बराबरीमा रोकिएको हो। शिजनको सुरुवात राम्रो प्रदर्शन गरेको चेल्सीको लागी पाँच खेलमा यो दोस्रो बराबरी हो ।
उल्भ्सको घरेली मैदानमा ६४ प्रतिशत पकड बनाए पनि गोल गर्न नसक्दा चेल्सीले उल्भ्ससँग अंक बाँडेको हो ।
यो बराबरी खेलसँगै चेल्सी अंकतालिकाको तेस्रो स्थानमा झरेको छ । यो सिजनमा १८ खेल खेल्दै ११ जित, ५ बराबरी र २ हार बेहोरेको चेल्सीको ३८ अंक छ । त्यस्तै १८ खेमा ७ जित र ७ नै हार बेहोरेको उल्भ्स २५ अंकसहित अंकतालिकाको आठौँ स्थानमा छ ।
सिटीको सानदार जित
आइतबार राति भएको खेलमा सिटीले न्युक्यासललाई ४–० गोल अन्तरमा हराउँदै ४४ अंकसहित अंकतालिकाको शिर्ष स्थानमा आफ्नो नाम पक्का गरेको छ ।
पहिलो हाफमै २-० को अग्रता लिएको सिटीको लागी पाँच मिनेटमै रूबेन डियासले सुरुवाती गोल गरेका थिए । यस्तै, खेलको २७औं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै पहिलो हाफमै २-० को अग्रता दिलाए।
यस्तै खेलको ६३ औं मिनेटमा रियाद महरेज ले गोल गर्दै अग्रता तेब्बर बनाए र ८६ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गरेपछि सिटीले खेल ४-० गोल अन्तरमा जित्यो।
लिगको शिर्ष स्थानमा रहेको सिटि र चेल्सी बिच ६ अंकको अन्तर छ ।