Admission Open

ad place

ए डिभिजन लिग : इन्जुरी टाइममा विमल घर्तीले गोल गर्दै मछिन्द्र शीर्ष स्थानमा

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले इन्जुरी टाइममा गोल गरे

काठमाडौँ, २५ मंसिर

सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको खेलमा मछिन्द्रले हिमालयन शेर्पालाई ३-० ले हराएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सुनील बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले गोल गरे ।

खेलको सुरुवातदेखि नै आक्रमण बनाएको मछिन्द्रले पहिलो हाफमा १ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने मछिन्द्रले दुई गोल थप्यो ।

२९ औं मिनेटमा सुनीलले करिम ओमालाको फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । सुनीलको लागी भने  लिगमा यो तेस्रो गोल हो ।

६७ औं मिनेटमा  पहिलो पटक ए डिभिजन लिग खेलिरहेका अजरवैजानी खेलाडी  नुर्लानले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । विशाल राईको कर्नरमा पेनाल्टी बक्समा रहेका नुर्लानले गोल गरे ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले इन्जुरी टाइममा आन्द्रेस नियाको पासमा गोल गरे । जारी लिगमा विमलको यो पहिलो गोल हो ।

चार खेलमा तीन खेल जितेको मछिन्द्र १० अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । मनाङ मर्स्याङ्दी समान अंक भएपनि मछिन्द्र गोलअन्तरमा अघि रहेको हो ।

दोस्रो हारपछि ४ खेलबाट २ अंक मात्र रहेको हिमालयन शेर्पा १२औं स्थानमा झरेको छ ।

यो पनि पड्नुस 

ए डिभिजन लिग : एनआरटीको पहिलो जित, सातदोबाटोको पहिलो हार

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...