Admission Open

ad place

ए डिभिजन लिग : आर्मीको लगातार दोस्रो जित, च्यासल स्तब्द

काठमाडौँ, २४ मंसिर

सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको पहिलो खेलको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबलाई आर्मीले २ – 0 ले पराजित गरेको छ। यो जितसँगै आर्मी जारी लिगको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

आर्मीको लागी पहिलो गोल दस नम्बर जर्सी लगाएका जर्जप्रिन्स कार्कीले गरेका थिए । कार्कीले १९ मिनेटमा टंक बस्नेतको पासमा हेडमार्फत गोल गरेका हुन्।

आर्मीको लागी जगजित श्रेष्ठले ३६ मिनेटमा अग्रता दोब्बर पारे। जगजितले गौतम श्रेष्ठले दिएको क्रसमा पेनाल्टी बक्स भित्रबाट गोल गर्दै आर्मीलाई २-० को अग्रता दिलाए ।

आक्रमक खेल खेलेको आर्मीको लागि ४९ औं मिनेटमा गोलको अवसर गुमायो । विवेक बस्नेतको क्रसमा जर्ज प्रिन्सको हेड बल टप बारमा लागेर बाहिरिँदा आर्मीले अग्रता बढाउने अवसर गुमायो ।

यो जितसँगै आर्मी जारी लिगको अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आर्मीले चार खेलबाट ८ अङ्क जोड्दै दोस्रो स्थानमा आफ्नो नाम पक्का गरेको हो।

आजै भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै अंक तालिकाको पहिलो स्थानमा आफ्नो नाम पक्का गरेको छ। मनाङको १० अङ्क छ।

तेस्रो स्थानको सातदोबाटो युथ क्लब  र चौथो स्थानको मछिन्द्र क्लबको ३ खेलबाट समान सात अंक छ।  च्यासल भने आजको हार बेहोर्दै ४ खेलबाट ४ अंक जोड्दै नवौं स्थानमा छ।

 यो पनि पड्नुस :

ए डिभिजन लिग : फ्रेण्ड्सलाई हराउँदै मनाङ मर्स्याङ्दी अंकतालिकाको शीर्ष स्थानमा

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...