काठमाडौँ, मंसिर
सहिद स्मारक ए डिभिजन लिगमा आइतबार भएकाे खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १-० गोलले पराजित गर्दै जित हात पारेको छ ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आक्रम खेल खेलेको आर्मीको लागी भने अग्रता लिन ८३ मिनेट कुर्नु परेको थियो ।
आर्मीका लागि कप्तान भरत खवासले खेलको ८३ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै गोल गरेका थिए। मध्यभागबाट सन्तोष तामाङले दिएको पासमा भरतले गोल गरेका थिए।
लगातार दोस्रो हार बेहोरेको आर्मीको लागी भने यो पहिलो जित हो । पहिलो खेलमा आर्मीले नेपाल पुलिससँग १-१ गोल र दोस्रो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलको थियो।
बिबिसीको भने यो पहिलो हार हो। पहिलो खेलमा एपिएफलाई ३-२ ले हराएको बिबिसीले दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरी खेलेको थियो।
यो जितसँगै आर्मी तीन खेलबाट पाँच अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। पाँचौ स्थानमा रहेको बिबिसीको चार अंक छ।
अब बुधबार तेस्रो चरणका अन्तिम दुई खेल हुनेछन्। पहिलो खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस तथा दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ।