Admission Open

ad place

रचना रिमाल र रंजन राईको युगल गायनमा ‘चोखो माया’

काठमाडौं: गायिका रचना रिमाल र गायक रंजन राईको युगल गायनमा समावेश ‘चोखो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा रवि मल्लको शब्द रहेको भने नविन कार्कीको संगीत रहेको छ। गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ। युवा युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा पूर्ण लम्साल र विष्णु मिश्रको अभिनय रहेको छ।

भिडियोलाई शैलेश घलेले छायांकन गरेका हुन्। भिडियोमा बिष्णु खड्काको सम्पादन रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

भिडियो लिंक:

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...