काठमाडौं, १६ मंसिर : गीतकार डब्बु क्षत्रीको शब्दमा नयाँ गीत म तिम्रो पिपल को भिडियो यतिबेला दर्शकमाझ आएको छ । पछिल्लो समय क्षत्रीको नयाँ नयाँ गीतहरु आईरहेका छन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ ।
यो गीतलाई राजेन्द्र बजगाईंले संगीत गरेका हुन् । गीतमा संगीत संयोजन पनि राजेन्द्र बजगाईंकै रहेको छ । म्युजिक किचनमा रेकर्ड गरिएको यो गीतलाई मनोज परियारले मिक्सिङ गरेका हुन् ।
युगल स्वरमा रहेको यो आधुनिक प्रेम भावको गीतलाई गायक सविन सुवेदी र गायिका बिन्दू परियारले गाएका छन् । यी दुईको युगल स्वरमा गीत निकै मिठो बनेको छ । भिडियोलाई केशब राज भट्टले निर्देशन गरेका छन् । यो गीतको भिडियोबाट विश्व राजाले मोडलिङमा डेब्यु गरेका छन् । मोडल विश्व राजको जन्मदिनकै अबसर पारेर यो गीतको भिडियोलाई युट्युव च्यानलबाट रिलिज गरिएको हो ।
भिडियोमा विश्व राजा र समिरा खड्काले अभिनय गरेका छन् । यी दुईको जोडी निकै आकर्षक देखिएको छ । गीतको भावलाई यी दुईले अभिनयबाट सार्थक तुल्याएका छन् । यो गीतको भिडियोलाई निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेका हुन् । जसमा बुद्ध थापाको छायाँकन र दिनशन शाहको सम्पादन रहेको छ । भिडियोलाई उमेश भण्डारीले निर्माण गरेका हुन् ।