काठमाडौँ, १२ वैशाखः पूर्वप्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा पूर्वसूचना आयुक्त समाज गठन भएको छ । पूर्वसूचना आयुक्तहरूको अनुभव, ज्ञान, क्षमता र दक्षताको सदुपयोग गरी सूचनाको हकको संरक्षण र सम्वद्र्धनका पक्षमा समाज गठन गरिएको हो ।
सूचनाको हकका पक्षमा लागिरहने प्रतिबद्धतासहित सूचनाको हकका विषयमा सम्बद्ध पक्षलाई राय, सुझाव प्रदानगरी सहयोग गर्ने उद्देश्यले पूर्वसूचना आयुक्त समाज गठन गरिएको संयोजक गुरुङले जानकारी दिनुभयो ।
संयोजक गुरुङका अनुसार पूर्वप्रमुख सूचना आयुक्तहरु कृष्णहरि बास्कोटा र गुरुङसहित पूर्वसूचना आयूक्तहरु श्री आचार्य, सविता भण्डारी, किरणकुमार पोखरेल, कमला ओली र रत्नप्रसाद मैनालीको उपस्थितिमा पूर्वसूचना आयुक्त समाज गठन गरिएको हो । (रासस)