Admission Open

ad place

प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना

काठमाडौँ, ७ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गर्नुभएको छ ।

विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका कलाकारमध्येबाट छानिएका २३ देशका कलाकारसँग प्रधानमन्त्री ओलीले भेटेर उहाँहरुको प्रतिभाको सराहना गर्नुभयो ।
इन्ट्रा फाउण्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारहरुलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरुको भूमिका रहने बताउनुभयो । विश्वका जुनसुकै मुलुकमा रहे पनि नेपालीहरुमा रहने ‘जनेटिक मोमोरी’ले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल, भूटान, भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्याण्डलगायत मुलुकमा बसोबास गर्दै आएका नेपालीमूलका प्रतियोगीहरुको सहभागिता रहेको इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिनुभयो । (RSS)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...