Admission Open

ad place

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’

काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा। लि।ले नयाँवर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ। यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभव मार्फत १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु जित्ने अवसर पाउनेछ

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ जसअन्तर्गत जो कोहीपनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ । उक्तउपहार प्राप्तगर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ।

तर मुख्य आकर्षण भने अझै बाँकी नै रहेको छ।क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूकालागि अर्को चरणको गेम पनि शो रूममा नै खेल्न पाउनेछन् । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको “खुसीको मिटर” रोकेर रु। १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन्।

“‘खुसीको मिटर’ केवलएक प्रचारको लागि अफर मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायकबनाउने हाम्रो प्रयास हो,”बजाजकोआधिकारिक वितरक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले आफ्नो विचार राख्दै भने “नयाँवर्षको सुरुवातमाग्राहकलाई नयाँ सवारी मात्रनभइकिन्ने अघि र पछि पनिजित्ने अवसर दिनहामीउत्साहित छौं।”

यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...