अहिलेको हाम्रो भाषाका अटेरी पुस्तालाई उनीहरुकै वैश्विक भाषामा भनौ वा आधुनिक भाषामा जेन जी भन्ने गरिन्छ । यो पुस्ता सन् १९९७ र २०१२ को बिचमा जन्मिएको छ । करिब ३० वर्ष उमेर आसपासको यो पुस्ताको जन्म, हुर्काई, बढाई, र पढाई इन्टरनेट, स्मार्टफोन, र सामाजिक संजालको विकाससँगै भएको मानिन्छ । त्यसैले यो पुस्तालाई डिजीटल नेटीभ्स पनि भन्ने गरिन्छ । यो पुस्ता प्रविधिमैत्री छ । सामाजिक रुपमा सचेत पनि छ । वैश्विक दृष्टिकोणमा फरक मत पनि राख्दछ । जुन एक्स र वाई जेनेरेशनलाई पचाउन धौ धौ परेको छ । यो जेन जीलाई जुमर वा आइजिन उपनामले पनि सम्बोधन गर्ने गरेको पाइन्छ । उनीहरुसँगै जिउने हो भने उनीहरुलाई बुझ्ने प्रयास हामीले पनि गर्ने कि ?
काठमाडौँको यात्राकालागि बागलुंगको खारबाट रोयल ढोरपाटनको ५७९७ नम्बरको गाडी चढेँ । कुरा हो २०८१ साल फागुन २७ गते दिउँसो २ बजेको । साथमा काठमाडौँ नै आउने एकजना धार्मिक गुरु हुनुहुन्थ्यो । अर्को एकजना नातामा सानिमा पर्ने पनि हुनुहुन्थ्यो । नजिकै राक्से झर्ने भएकोले सानिमालाई क्याविनमा बस्न लगाएँ । म पनि क्याविनमा बसेँ ताकि उहाँसँग कुराकानी गर्न र बसबाट ओराल्न पनि सजिलो होस् ।
बसका चालक अर्थात गुरुजीको एउटा हातमा गाडीको स्टेयरिङ थियो । अर्को हातले मोबाईल समाएर चर्को स्वरमा कसैसँग झगडा गरिरहेको देखँे/सुनेँ । केही समय नबोली केवल सुनिरहेँ । एक त नचिनेको मानिस दोस्रो उहाँ तनावमा हुनुभएकोले थप तनाव हुन सक्ने ठानेँ । त्यसैले त्यो झगडारुपी संवाद सुनिरहनुको विकल्प थिएन ।
केहीबेर पछि भने, “ए गुरु बसमा हामी पनि छौँ है, तपाईंले तार्नुपर्ने त्यसैले यात्रामा तनाव लिनु राम्रो होईन । भोलि काठमाडौँ गएर कुरा गर्दा पनि होला नि” ।
केहिबेर रोकिएपछि… उहाँ आफैँ एक्लै बोल्न थाल्नु भो, “यो साला कुकुरलाई जति सम्झाएपनि नहुने । लाइसेन्स छैन बाईक चाहियो रे ! बल्ल बिएमा भर्ना भएको छ । कहिले बाहिर जान्छु भन्छ । लाइसेन्स निकाल, घरमा भएको बाईक लैजा भन्दा नहुने रे । उसैले भनेकै बाईक चाहियो रे”।
कमाउन कति गाह्रो छ । दुईदुईवटा बाईक किन्न पैसा कहाँबाट ल्याउने ? घरको पुरानो भयो रे । किनेको दुई वर्ष पनि भएको छैन । बिना लाइसेन्स चलाउँदा केही भए के हुन्छ ?
गोरुलाई जति भने पनि नलाग्ने । म गाडी लाईनमा काम गरेकोले थाहा छ नि कस्तो हुन्छ भनेर । पहिला पहिलाको जस्तो जमना छैन अहिले । छिस्रिक्क केही भए जीवन सकिन्छ । बाहिर जाने रिपोर्ट बनाउन पनि गाह्रो हुन्छ ।
यत्तिकैमा उहाँको अर्को फोन आयो । उठाउँदै, “तैँले पैसा पठाउँछु भनेको छ रे । त्यहाँ एक पैसा पठाइस् भने राम्रो हुँदैन । भोलि बिहान बस पार्क आइजा भनेको छु । त्यसको ढाड भाँचेर अस्पताल भर्ना गर्छु” ।
संवादका यी भनाइले समस्या कति गहिरो र तनावको स्तर कति रहेछ भन्ने प्रष्ट बुझ्न सकिन्थ्यो ।
उहाँहरुको सम्वाद सकिएपछि मैले सोधेँ, गुरुजीको घर कहाँ हो ? बुर्तिबागं नै हो ?
मेरो घर गुल्मीको चारपाला हो ।
तपाईंको कहाँ हो र ?
मेरो घर गुल्मीको इस्मा हो ।
छोरालाई कुन कलेजमा भर्ना गर्नु भएको छ र ?
जेनी जी अब बिस्तारै विद्यालय हुँदै विश्वविद्यालयमा प्रवेश गर्दैछ । यो उमेर समूहका विद्यार्थीलाई विद्यालय र विश्वविद्यालयमा अध्यापन गराउने अधिकांश शिक्षक र प्राध्यापकहरु (यसपछि सहजकर्ता) भने जेन वाइ र केही जेन एक्सका रहेका छौँ । यी दुई पुस्ताका अधिकांश शिक्षण सहजर्ताहरु डिजिटल शिक्षामा साक्षर मात्रै छौँ भन्दा खासै फरक नपर्ला । उनीहरुका रुचि र चाहानालाई सम्बोधन गर्नेतिर हाम्रो ध्यान त्यति गइरहेको छैन । यसमा एक हामी सहजकर्ताहरुमा प्रेरणा जगाउने कुरामा राज्यको ध्यान पुगेको छैन । अर्को, अब जागिरे जीवनको उत्तराद्र्धमा पुगेकोले सिकेर के हुन्छ भन्ने पनि छ ।
विश्वविद्यालयले पनि यो पुस्तालाई आवश्यक पर्ने पाठयक्रम र पाठयसामाग्री तयार पार्न खासै चासो राखेको पाइदैँन । अर्को कक्षाकोठाहरु पनि यो समूहमैत्री छैनन् । फलस्वरुप यो पुस्ताको विदेश मोह वा पलायनलाई रोक्न सक्ने सम्भावना न्यून देखिन्छ ।
गुरुजीले दिक्क मानेको भावभङ्गी देखाएर बोल्नु भयो, राजधानी कलेजमा भर्ना गरेर त्यहीँको होस्टलमा राखेको छु । खोइ ! गाँजासाँजा खान थालेछ कि भनेकै मान्दैन ।
त्यस कलेजमा त गुल्मीकै पन्त थरका मानिस प्रिन्सिपल वा त्यस्तै कुनै पदमा छन् त भेटनु भएन ?
खै एकपटक त भनेको थिएँ । सम्झाएका पनि हुन तर सुध्रेन । घरमा आएकाबेला रातभर मोबाइल चलाउने, कम्प्युटर हेर्ने अनि बिहान एघार बाह्र बजे उठने गर्छ । खाना खान उठाउँदा पनि रिसाउने । सुत्ने, उठने, खाने, लगाउने, हिडने सबैकुरामा अहिलेका केटाकेटीलाई सकिँदैन । हामी त बा आामले भनेपछि चुँ नबोली मान्थ्यो । अहिलेका त बाबु को हो ? आमा को हो ? नातासम्बन्ध के हो ? कसलाई के भनेर बोलाउने हो मतलबै छैन । खै यो मोबाइलले बिगारेको हो कि ! कोभिडले बिगारेको हो ! कुरै बुझ्न नसकिने भयो ।
नमस्कार गरन भन्यो भने पनि हात जोड्दैनन् । यसलाई अब जहाँ भिसा लाग्छ पठाइ हाल्न पाए आनन्द हुने थियो जस्तो लागेको छ । उहाँले मन आन्नद र शरीर हुलुका हुनेगरी आफ्नो व्यथा निमेषभरमा राख्नुभयो । लाग्छ उहाँ रित्तिनु भयो । सायद अहिले उहाँले पोख्नु भएको यो कहानी उहाँको मात्रै नभएर हरेक घरघरको रामकहानी बन्न पुगेको छ ।
गुरुजीको माथिको भनाइलाई गहिरिएर हेर्ने हो भने यसभित्र धेरै कुरा लुकेको पाइन्छ । एकातिर देशको अवस्था र जनशक्ति कसरी पलायन भइरहेको छ भन्नेकुरा थाहा पाउन सकिन्छ भने अर्कोतिर पुस्ताहरुको बिचमा कसरी द्वन्द्व चलिरहेको छ । प्रश्न यो हो कि, समाधान कसरी गर्ने ? दोष जेन जी को मात्र हो कि हामी आमाबुबाको पनि हो ?
आफू मोबाइलमा २४ सै घण्टा झुण्डिने छोराछोरीलाई मोबाइल नचलाउ भन्न मिल्छ ? अरुलाई अनुशासनमा राख्नभन्दा पहिले आफू अनुशासित किन नबन्ने ?
यहाँ महात्मा गान्धीको एउटा प्रशङ्ग राख्न सान्दर्भिक हुन्छ होला ।
आफ्नो समस्या क्षणभरमा समाधान हुने ठानेर एक गरिब महिला छोरा साथमा लिएर गान्धीकोमा पुग्छिन् । यत्रो विशाल देशलाई स्वतन्त्रता दिलाउन सक्ने व्यक्ति तपाई महान हुनुहु्न्छ भन्दै आफ्नो समस्याको पोको खोल्दछिन् । मेरो छोराले अत्यधिक चिनी खान्छ । नखा बाबु यसले असर गर्छ भनेर जति सम्झाए पनि मान्दैन । एकातिर स्वास्थ्य खराब । अर्कोतिर यसलाई चिनी पु¥याउन गाह्रो ।
गान्धीले ती महिलाका कुरा ध्यानपूर्वक सुनिरहे र उनलाई एक हप्तापछि आफूकहाँ आउन भन्दै फिर्दा पठाए । महिलालाई गान्धीको यो व्यवहार पट्कै मन परेन । यत्रो विशाल देशलाई आजादी दिलाउने मानिसले यतिजाबो सानो कुराको समाधानका लागि एक हप्ता लगाउने भन्दै रिसले भुनभुनाउदै छोरालाई हातमा समाउदै आफ्नो बाटो लाग्छिन ।
एक हप्तापछि ती महिला पुनः गान्धीको समीपमा पुग्छिन् । गान्धीले उनको छोरालाई सम्झाउँदै चिनीको अधिक सेवन नगर्न भन्दछन् । यो सुनेपछि महिलालाई रिसको पारो तात्छ र भन्छिन् यतिजाबो कुरा अस्ति नभनेर आजसम्म किन कुराउनु भयो ? उत्तरमा गान्धी भन्दछन्, के गर्ने हजुर अस्तिसम्म त म आफैँ धेरै चिनी खान्थेँ । अनि कुन नैतिकताले म उसलाई चिनी नखाउ भनेर सम्झाउन सक्थेँ त ।
मलाई लाग्छ, अहिलेका अधिकांश बाबुआमा र छोराछोरीबिचको अवस्था भनेको गान्धी र चिनी सेवन गर्ने बालकको जस्तो छ । सबैले आफूलाई चिन्न आवश्यक छ । अन्यथा समाज दुर्घटनातर्फ अगाडि बढिरहेको छ । सम्पूर्ण दोष जेन जीमा थोपरेर एक्स र वाई जीहरु पन्छिन मिल्दैन ।
अहिलेको हाम्रो भाषाका अटेरी पुस्तालाई उनीहरुकै वैश्विक भाषामा भनौ वा आधुनिक भाषामा जेन जी भन्ने गरिन्छ । यो पुस्ता सन् १९९७ र २०१२ को बिचमा जन्मिएको छ । करिब ३० वर्ष उमेर आसपासको यो पुस्ताको जन्म, हुर्काई, बढाई, र पढाई इन्टरनेट, स्मार्टफोन, र सामाजिक संजालको विकाससँगै भएको मानिन्छ । त्यसैले यो पुस्तालाई डिजीटल नेटीभ्स पनि भन्ने गरिन्छ । यो पुस्ता प्रविधिमैत्री छ । सामाजिक रुपमा सचेत पनि छ । वैश्विक दृष्टिकोणमा फरक मत पनि राख्दछ । जुन एक्स र वाई जेनेरेशनलाई पचाउन धौ धौ परेको छ । यो जेन जीलाई जुमर वा आइजिन उपनामले पनि सम्बोधन गर्ने गरेको पाइन्छ । उनीहरुसँगै जिउने हो भने उनीहरुलाई बुझ्ने प्रयास हामीले पनि गर्ने कि ?
जेनी जी अब बिस्तारै विद्यालय हुँदै विश्वविद्यालयमा प्रवेश गर्दैछ । यो उमेर समूहका विद्यार्थीलाई विद्यालय र विश्वविद्यालयमा अध्यापन गराउने अधिकांश शिक्षक र प्राध्यापकहरु (यसपछि सहजकर्ता) भने जेन वाइ र केही जेन एक्सका रहेका छौँ । यी दुई पुस्ताका अधिकांश शिक्षण सहजर्ताहरु डिजिटल शिक्षामा साक्षर मात्रै छौँ भन्दा खासै फरक नपर्ला । उनीहरुका रुचि र चाहानालाई सम्बोधन गर्नेतिर हाम्रो ध्यान त्यति गइरहेको छैन । यसमा एक हामी सहजकर्ताहरुमा प्रेरणा जगाउने कुरामा राज्यको ध्यान पुगेको छैन । अर्को, अब जागिरे जीवनको उत्तराद्र्धमा पुगेकोले सिकेर के हुन्छ भन्ने पनि छ ।
विश्वविद्यालयले पनि यो पुस्तालाई आवश्यक पर्ने पाठयक्रम र पाठयसामाग्री तयार पार्न खासै चासो राखेको पाइदैँन । अर्को कक्षाकोठाहरु पनि यो समूहमैत्री छैनन् । फलस्वरुप यो पुस्ताको विदेश मोह वा पलायनलाई रोक्न सक्ने सम्भावना न्यून देखिन्छ ।
अघिल्लो पुस्ता आफ्नो समयकालका लागि अब्बल थियो तर जेन जी कालागि अब्बल नहुने वातावरण निर्माण हुँदै गएको छ । देशको राजनीतिक, प्रशासनिक, र शैक्षिक नेतृत्वमा एक्स र वाई जी रहेकोले जेन जीको आकांक्षा सहिरुपमा सम्बोधन हुन सकिरहेको छैन कि भन्ने यक्ष प्रश्न उठिरहेको छ सर्बत्र । फलस्वरुप कतै हामी सहजकर्ता र अभिभावक जेन जी पुस्ताका पलायनका कारक त बनिरहेका छैनौँ ? सोच्नेबेला आएको छ । दिनहँु भइरहेका आत्महत्या यसकै उपज त होइनन् ! राज्य, विद्यालय, र विश्वविद्यालयले गम्भिर रुपमा लिएर उपयुक्त कदम चाल्न ढिला त भैसकेको छैन ?
त्यो पुस्ता जसले विश्वका ठूलाठूला युद्ध विभिषिका ब्यहोरे मात्रै होइन आँकलन नै गर्न नसकिने आर्थिक मन्दीको सामना पनि गरे । विज्ञान प्रविधिको त्यति विकास नभएको त्यो समयका प्राकृतिक विपत्ति र रोगव्याधीसँग पौँठेजोरी खेलेर आफ्नो वंश निरन्तरता दिन सफल भए । सन् १९२८ देखि १९४५ सम्मको पुस्तालाई साइलेन्ट जेनेरेसन (Sillent Generation) वा अर्को शब्दमा परम्परावादी (Traditionalist) भन्ने गरिन्छ । यो पुस्ताले चरम आर्थिक संकट र दोस्रो विश्वयुद्ध भोगेर बंश परम्परा धान्नु नै ठूलो कुरा थियो । यो पुस्तालाई सहनशील, परिश्रम, स्थायीत्व,र सुरक्षामा बढी ध्यान दिन खोजेको रुपमा चिनिन्छ ।
यो वर्ष त्रिभुवन विश्वविद्यालयका प्रायजसो संकायले आ-आफ्ना पाठयक्रम परिवर्तन गरेका छन् । अहिले चलिरहेको पहिलो शत्रान्त सोही पाठयक्रममा आधारित भएर चलिरहेका छन् । करिब दुईवर्ष अगाडिबाट पाठयक्रम परिवर्तन प्रक्रिया चलेको थियो । यो पाठयक्रम बनाएवापतको पारिश्रमिक अहिलेसम्म पनि नपाएको गुनासो गर्दै हुनुहुन्थ्यो एक प्राध्यापक एकातिर भने अर्कोतिर २०१७ सालको पाठयक्रममा खासै परिवर्तन नभएको गुनासो गर्दैहुनुहुन्थ्यो । लामो समय केन्द्रिय विभागमा कार्यरत एक वरिष्ठ कर्मचारी ।
यसले देशको वास्तविक अवस्थालाई चित्रित गर्दछ । विश्वविद्यालले पनि अहिलेको वास्विक समस्यालाई सम्बोधन गर्न त्यतिधेरै चनाखो भएर तदारुकताका साथ अगाडि बढेको अनुभूति भइरहेको छैन् ।
विज्ञान संकायका पूर्व डिन बिनिल अर्यालका अनुसार विश्वविद्यालयको तालुक अड्डाले एलएमडिपी अर्थात लेवर मार्केट ड्रिआइभन अकाडेमिक प्रोग्राम अनुसार पाठयक्रम तय गर्न निर्देशन गरेको रहेछ । उहाँकै अनुसार विज्ञान संकाय अन्तर्गतको एउटा विषयको पाठयक्रम एलएमडिपी अनुसार तयार भएर स्वीकृत भैसकेको छ । अर्को एउटा विषय अन्तिम चरणमा पुगेको रहेछ । बाँकी अन्य संकाय र विषयका अधिकांशलाई एलएमडिपी भनेकै कति थाहा छ । र सो अनुसार पाठयक्रम तयार भयो भन्नेकुरा एकिन साथ भन्न सकिँदैन ।
म आफँै पनि एलएमएसको अभिमूखीकरण कार्यक्रममा सहभागी हुँदा मात्रै थाहा पाएको थिएँ । मैले थाहा पाएको थिइन् त्यसकारण अरुहरुलाई पनि थाहा थिएन भनेर दावा गर्न त मिलेन । कामना छ, पाठयक्रमले जेन जी मात्रै नभएर अल्फा जीलाई पनि समेट्न सकुन् । विद्यालय र विश्वविद्यालयका गतिविधिले विदेशीने गतिमा गतिरोध पैदा गरुन् । ओठेभक्ति र एकले अर्कालाई दोषारोपणले कतै विश्वको करिब २५ प्रतिशत जनसंख्या र कार्यक्षेत्रको करिब २७ प्रतिशत ओगटेको यो पुस्तालाई अन्याय त गरिरहेका छैनौँ ? सोच्नुपर्ने समय भने अवश्य आएको छ । नत्र हामीले/देशले ठूलो मूल्य चुकाउनु पर्नेछ भन्दा सायदै अत्युक्ति होला ।
देशको ७७.६१ प्रतिशत विद्यार्थी अध्यापन गराउने देशकै जेष्ठ विश्वविद्यालयमा यही चैत्र ५ मा स्ववियू निर्वाचन सम्पन्न भइसकेको छ । स्ववियू कुन समय र परिस्थिति स्थापना भयो र अहिले त्यही स्वरुपमा यसको आवश्यक्ता छ कि छैन भनेर पनि प्रश्न उठिरहेको छ । स्ववियूको नेतृत्वमा आउन तम्तयार भएकाहरुले शैक्षिक मुद्वाहरु अगाडि सार्न सकेका छैनन् । विश्वविद्यालयमा स्वच्छ पिउने पानी, सफा शौचालय,र स्वस्थ क्यान्टीनको अभाव छ एकातिर । अर्कोतिर कक्षाकोठाहरु प्रविधिमैत्री छैनन् । प्रविधिको नाममा कतैकतै स्मार्ट बोर्ड राखिएका छन् । भरपर्दो इन्टरनेट छैन । रोजगारीमूलक शिक्षा कसरी पाउने वातावरण बनाउने भन्नेमा कतै प्रश्न उठाउँदैनन् विद्यार्थी संगठनले । एउटै टहरोमा तीन चारवटा विभाग चलिरहेका छन् । पर्याप्त कक्षाकोठा छैनन् । त्यतापट्टी कसैको ध्यान गएको देखिदैन । आफ्नो संगठन र त्यसमा पनि आफ्नै गुटको नेतृत्व आउने वातावरण भएन भने यो वा त्यो नाममा तालावन्दी गर्ने, निर्वाचन अधिकृतलाई धम्काएर निर्वाचन बिथोल्न उद्त नेतृत्वले जेन जीको नेतृत्व गर्न सक्ला तरु अहंम प्रश्न उठेको छ । प्राध्यापकहरु पनि यो रोगबाट ग्रसित छौँ भन्नलाई लाज मान्नु पर्दैन । राजनीतिक दलप्रति आस्था राख्न पाउनु प्राध्यापक र विद्यार्थीको हक र अधिकार हो । त्यसो हो भने विश्वविद्यालय सुधारमा सबैको ध्यान किन गएको छैन ? यसका केही कारणहरु भने अवश्य छन् ।
भर्खरैमात्र नियुक्त आइजिपी माध्यमिक तहको शिक्षकबाट राजिनाम गरेर प्रहरी सेवामा प्रवेश गरेका थिए भनेर खबर आएका छन् । यसप्रकारको प्रमोसन विद्यालय र विश्वविद्यालयमा किन हुन सक्दैन ? जुन पदमा नियुक्ति लिएका हुन उही पदबाट अवकाश पाइरहेका छन् प्राध्यापकहरु र शिक्षकहरुले । दशौँ पटक विज्ञापन गर्दा पनि शिक्षकहरु पाउन नसकेको अवस्था छ । यसले कति प्रेरणा देला कक्षाकोठामा उभिएर जेन जी का मनोकांक्षा सम्बोधन गर्ने शिक्षक र प्राध्यापकहरुलाई ? आवधिक बढुवा, प्रभावकारी स्वास्थ्य बीमा, समयानुसार तालिम,र अनुसन्धानमा लाग्ने वातावरण निर्माण लगायतका कुराहरुमा राज्य र सरोकारवालाहरुले समयमै ध्यान पुर्याउन आवश्यक छ ।
अब एकछिन अघिल्ला पुस्तातिर फर्कौ । त्यो पुस्ता जसले विश्वका ठूलाठूला युद्ध विभिषिका ब्यहोरे मात्रै होइन आँकलन नै गर्न नसकिने आर्थिक मन्दीको सामना पनि गरे । विज्ञान प्रविधिको त्यति विकास नभएको त्यो समयका प्राकृतिक विपत्ति र रोगव्याधीसँग पौँठेजोरी खेलेर आफ्नो वंश निरन्तरता दिन सफल भए । सन् १९२८ देखि १९४५ सम्मको पुस्तालाई साइलेन्ट जेनेरेसन (sillent Generation) वा अर्को शब्दमा परम्परावादी (Traditionalist) भन्ने गरिन्छ । यो पुस्ताले चरम आर्थिक संकट र दोस्रो विश्वयुद्ध भोगेर बंश परम्परा धान्नु नै ठूलो कुरा थियो । यो पुस्तालाई सहनशील, परिश्रम, स्थायीत्व,र सुरक्षामा बढी ध्यान दिन खोजेको रुपमा चिनिन्छ ।
त्यसैगरी सन् १९४६ देखि १९६५ सम्मको समयमा उच्च जन्मदर लिएर आएको पुस्तालाई बेबी बुमर (Baby Boomer) भनेर चिनिन्छ । यो पुस्ता अत्यन्तै कडा परिश्रमी थियो। सम्भवत साइलेन्ट जेनेरेसनमा भएको क्षतिलाई पुरताल गरेर थप अगाडि बढ्ने अभिभारा र उत्साह थियो भन्न सकिन्छ । यसकै परिणाम स्वरुप प्रविधिको विकास, टेलिफोन,कम्प्युटरको विकास हुनुको अलवा अन्तरिक्षसम्मको यात्रा तय भएको देखिन्छ । जेन एक्स पुस्ताका नामले चिनिने सन् १९६६ देखि १९८० को जनसंख्या अत्यन्तै लगनशील रहेको पाइन्छ । यो पुस्ता स्वतन्त्र, स्रोतसाधन सम्पन्न,र अघिल्लो पुस्ताभन्दा सनकी र शंकालु भनेर मानिन्छ । सन् १९८१ देखि १९९६ बिचको पुस्तालाई जेन वाई भनिन्छ । मिलेनियल्स पनि भनेर चिनिने यो पुस्ताको पालामा प्रविधिको विकास र वैश्विकरणको प्रभाव व्यापक भएको देखिन्छ । सन् २०१४ देखि २०२४ को बिचमा जन्मेको पुस्तालाई अल्फा जी भनिन्छ जो उच्चप्रविधिमैत्री रहेको छ । त्यसैगरी २०२५ देखि २०३९ बिचको बिटा पुस्ता एआईको विकाससँगै कसरी अगाडि बढ्छ हेर्न बाँकी छ ।
(लेखक राजनीतिशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा प्राध्यापनरत हुनुहुन्छ ।)