Admission Open

ad place

सर्दार रुद्रराज पाण्डेको १२५औं जन्म जयन्ती भव्य रूपमा सम्पन्न

125th Birth Anniversary of Sardar Rudra Raj Pande Celebrated Grandly

काठमाडौं : नेपाली साहित्यका अग्रणी हस्ती सर्दार रुद्रराज पाण्डेको १२५औं जन्म जयन्ती भव्य रूपमा मनाइएको छ । रुद्रराज साहित्य सेवा समितिद्वारा आयोजित विशेष कार्यक्रम क्ब्क्ष्ः कलेज, पुरानो बानेश्वरमा सम्पन्न भएको हो । कार्यक्रममा साहित्य, शिक्षा, समाज सुधार तथा राष्ट्र निर्माणमा उहाँको अतुलनीय योगदानको स्मरण गर्दै, प्रा. डा. गार्गी शर्मालाई विशेष साहित्यिक सम्मान प्रदान गरियो ।
प्रमुख अतिथि डा. गौरीशंकर लाल दासले सर्दार रुद्रराज पाण्डेको योगदानको उच्च प्रशंसा गर्दै, उहाँको साहित्यिक र शैक्षिक योगदान नेपाली पहिचानको महत्वपूर्ण आधारशिला बनेको बताउनु भयो । साथै, उहाँले साहित्य, शिक्षा र सामाजिक सुधारका क्षेत्रमा योगदान गर्न सबैलाई प्रेरित पनि गर्नु भयो ।

कार्यक्रममा संरक्षक कृष्णराज पाण्डेले सर्दार रुद्रराज पाण्डेको ऐतिहासिक योगदानबारे प्रकाश पार्दै, नेपाली भाषा, साहित्य, र शिक्षाको उत्थानमा उहाँको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नु भयो । साथै, उहाँले सर्दार पाण्डेको शिक्षाप्रतिको दूरदृष्टि र समाज सुधारका प्रयासहरू अझै प्रेरणादायी रहेको बताउनु भयो ।

पुरस्कार छनोट समितिकी संयोजक श्रीमती हिरण्य कुमारी पाठकले पुरस्कृत व्यक्तित्व प्रा. डा. गार्गी शर्माको नेपाली साहित्यमा पु¥याएको योगदानबारे जानकारी दिनुभयो । प्रमुख अतिथि दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासले उहाँलाई विशेष सम्मान प्रदान गर्दै, नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा निरन्तर योगदानको प्रशंसा गर्नुभयो ।

सम्मान ग्रहण गर्दै प्रा. डा. गार्गी शर्माले आफ्नो मन्तव्यमा नेपाली साहित्यको वर्तमान अवस्था, चुनौतीहरू र सम्भावनाहरूको चर्चा गर्दै, नयाँ पुस्तालाई लेखनमा प्रेरित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा मधेश प्रदेशको बारा जिल्लाको मौवादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यालयको विस्तारका लागि सहयोग आवश्यक रहेको भन्दै सर्दार रुद्रराज पाण्डेको पहलमा विद्यालयको स्थापना भएको इतिहास प्रस्तुत गर्नु भयो । साथै उहाँले थप पूर्वाधार निर्माणका लागि समर्थन आवश्यक रहेको पनि बताउनु भयो ।

यसै अवसरमा, भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) का उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको थियो ।
रुद्रराज साहित्य सेवा समितिका महासचिव डा. नील पाण्डेले स्वागत मन्तव्य राख्दै, सर्दार पाण्डेका कृतिहरू डिजिटल रूपमा उपलब्ध गराउन धधध।चययऊबतष्।अयm।लउ” वेबसाइट सञ्चालन गरिएको जानकारी गराउनु भयो । उहाँले सर्दार पाण्डेको लेखनलाई आधुनिक पुस्तामा पु¥याउन प्रविधिको प्रयोग आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रमको समापन मन्तव्य दिँदै रुद्रराज साहित्य सेवा समितिका अध्यक्ष डा. बद्रीराज पाण्डेले सर्दार रुद्रराज पाण्डेको योगदानलाई भावी पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साहित्य, शिक्षा, र समाज सुधारका लागि उहाँका आदर्शहरूलाई पछ्याउन आग्रह गर्नुभयो ।
नेपाली भाषा, साहित्य, शिक्षा र समाज सुधारका क्षेत्रमा सर्दार रुद्रराज पाण्डेको योगदानलाई विभिन्न तरिकाले प्रकाश पार्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...