
अर्घाखाँची : अशक्त र बौद्धिक अपाङगता भएकी महिलालाई जबरजस्ती करणी गरेको मुद्दामा फरार रहेका प्रतिवादि २ वर्षपछि पक्राउ गरिएको छ ।
उक्त फरार अपराधीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित अर्घाखाँची जिल्ला अदालतमा पेश गरेको छ भने करणीसम्बन्धी कसुर अन्र्तगत अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला अर्घाखाँची सन्धीखर्क नगरपालिका वडा.नं. १ सन्धिखर्क स्थायी बसोबास गर्ने गोबिन्द प्रसाद बस्याल रहेको प्रहरीले जनाएको छ ।