Admission Open

ad place

प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुनेः महासचिव पोखरेल

देउखुरी (दाङ), ६ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालमा प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुने बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा निर्माण सुरु गरिएको सभाहलको आज शिलान्यास गर्दै उहाँले प्राविधिक शिक्षालयमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

महासचिव पोखरेलले विकसित मुलुकहरूमा प्राविधिक शिक्षामा पहुँच र आकर्षण दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै नेपालमा पनि सोही अभ्यासलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साधारण शिक्षाभन्दा प्राविधिक शिक्षाले सीप सहितको जनशक्ति उत्पादन हुने बताउनुभयो ।

उहाँले प्राविधिक शिक्षामा विद्यार्थी सहभागिता २२ प्रतिशतसम्म पुयााउन आवश्यक रहेको बताउनुभयो । महासचिव पोखरेलले नेपाललाई आत्मनिर्भर बनाउन सीपमूलक तथा प्राविधिक शिक्षालाई सशक्त बनाउनुपर्नेमा विशेष जोड दिँदै सरकारी, निजी तथा शैक्षिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मेट्रो कलेजका निवर्तमान अध्यक्ष एवं तुलसीपुरका पूर्व नगरप्रमुख घनश्याम पाण्डेले कलेजको सुरुआत गर्दा नै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँले गुरुयोजनाअनुसार विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्नसक्ने बृहत् सभाहलको निर्माण थालिएको जानकारी गराउनुभयो ।

कलेज सञ्चालक समितिका अध्यक्ष एवं उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्दै कानुन, वन विज्ञान, कृषिलगायत विभिन्न प्राविधिक विषयमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । सो कलेजमा दाङलगायत छिमेकी जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आएका उहाँले जानकारी गराउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...