Admission Open

ad place

‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ घोषणा

[ रासस अङ्ग्रेजी शाखाका वरिष्ठ कार्यकारी सम्पादक मनोज कार्की र फोटो संयोजक रत्नकृष्ण श्रेष्ठलाई प्रदान गर्ने ]

काठमाडौँ : नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यसवर्ष रासस अङ्ग्रेजी शाखाका वरिष्ठ कार्यकारी सम्पादक मनोज कार्की र फोटो संयोजक रत्नकृष्ण श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

सङ्गठनको बैठकले राससको ६४औं वार्षिकोत्सवका अवसरमा उहाँहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष प्रेमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

पुरस्कारको राशि जनही रु सात हजार ५०० रहेको छ । प्रत्येक वर्ष दुई कर्मचारीलाई सो पुरस्कार प्रदान गरिँदै आइएको छ । काठमाडौँको नयाँसडक निवासी पूर्वव्यवस्थापक जोशीको घरबाट २०१८ साल फागुन ७ गतेदेखि राससको समाचार सेवा प्रारम्भ भएको थियो । उहाँकै सम्मानमा सङ्गठनले विसं २०६६ मा उक्त पुरस्कार स्थापना गरेको हो । राससको वार्षिकोत्सव समारोहमा उक्त पुरस्कार प्रदान गरिनेछ ।

सो पुरस्कारबाट यसअघि राजु शाक्य र फिरुराम चौधरी (२०६७), ध्रुवभक्त श्रेष्ठ र बलबहादुर विश्वकर्मा (२०६८), मदन गौतम र शम्भुप्रसाद यादव (२०६९), रमेश मिश्र र पवित्रा गुरुङ (२०७०), कृष्णप्रसाद शर्मा र भोलानाथ पौडेल (२०७१), रामभगत बुढाथोकी र मङ्गलबहादुर जलाहारी (२०७२) तथा न्हुछेराज बज्राचार्य र सागुरसिंह राना (२०७३) पुरस्कृत भइसक्नुभएको छ ।

त्यस्तै जगतकृष्ण श्रेष्ठ र रजनी बज्राचार्य (२०७४), तीर्थप्रसाद भट्टराई र रामलाल श्रेष्ठ (२०७५), विष्णुप्रसाद लामिछाने र हरि बाँस्तोला (२०७६), दीपराज सन्याल र राजेशकुमार श्रेष्ठ (२०७७), मधुसुदन अर्याल र विष्णुबहादुर थापा (२०७८), उत्तम सिल्वाल र रेशमा शाक्य (२०७९) तथा रामबहादुर थापा र रजिनन साह (२०८०)मा सम्मानित हुनुभएको छ ।

टिप्पणिहरु
Loading...