Admission Open

ad place

ग्लोकल टिन हिरो नेपाल २०२४, को एक्टिभेशन कार्यक्रम सम्पन्न

काठमाडौं : ग्लोकल टिन हिरो नेपाल २०२४, को एक्टिभेशन कार्यक्रम सम्पन्न भएको छ । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुलेको र यस प्लेटफर्मको बारेमा जानकारी दिन ७ प्रदेशका विभिन्न शहरका विद्यालयमा एक्टिभेशकन कार्यक्रम सकिएको छ ।

कार्यक्रमका क्रममा नेपालको विभिन्न स्कुलमा किशोर किशोरीसँगको अन्तक्रिया हुँदा धेरै प्रतिभाशाली किशोर किशोरी जसले सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण र अन्य धेरै क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पर्दै आएको भेटिएको र यस वर्षपनी भव्यताका साथ प्रतिभावान् किशोर किशोरीलाई पहिचान गराउन सशक्त रुपमा तयारी भइरहेको छ ।

ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका ५० बढी सहरका विभिन्न विद्यालय तथा क्याम्पसमा किशोरकिशोरीसँग अन्तक्र्रिया गरेका छन् । कार्यक्रम गर्दा विभिन्न स्थानीय निकायसँग पनि समन्वय गरिएको थियो । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ ।

ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन जुलाई ३० मा बन्द भएको छ । देशभरका प्रभावशाली किशोरकिशोरी नयाँ सोच, विचार, सम्भावना, र समाज परिवर्तनका नवीन आयामहरू बोकेका हुन्छन् ।

सानो उमेरमा ठूला सपना देखेर नयाँ प्रयासहरू मार्फत समाज रूपान्तरण गर्ने कुरामा उमेरले होइन, सोँचले महत्व राख्ने कुरा स्पष्ट देखिन्छ ।
समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता, सामाजिक चेतना, वातावरण संरक्षण, वा सामाजिक रूपान्तरणका कार्यहरूमा आफ्नो कौशलता देखाएका प्रतिभाशाली किशोरकिशोरीले अनलाइनमार्फत निःशुल्क आवेदन दिन सक्छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...