Admission Open

ad place

हेर्नुहोस्, कस्तो छ तपाईंको आजको राशिफल ?

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ साउन १६ गते तद्अनुसार सन् २०२४ जुलाई ३१ तारिख बुधबार श्रावण कृष्ण पक्षको एकादशी तिथि रोहिणी नक्षत्र ध्रुव योग बब पर कौलव करण आनन्दादिमा शुभ योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२७ मा भयो र सूर्यास्त साँझ १८ः५२ मा हुनेछ । कामिका एकादशी व्रत ।✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष – आजको दिन मिश्रित फलदायी रहनेछ । कृषि कर्मबाट खासै लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, विशेष योजना गोप्य राखी सावधानीपूर्वक कार्य गर्नु हितकर हुनेछ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने योग छ ।

वृष – रोकिएका काम अघि बढ्ने र पठनपाठनमा प्रगति हुने समय छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु उचित हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने अवसर जुर्ला । आजको दिन आश्वासन दिनेहरूको भर नपर्नुहोला । स्वास्थ्यगत कमजोरीले चिन्ता बढाउन सक्छ, तर पारिवारिक समस्याको भने समाधान मिल्नेछ ।

मिथुन – दिन शुभदायी र उत्साहजनक रहला । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । प्रेमभाव वृद्धि र दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी वृद्धिको योग छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । आजको काममा खर्च लागे पनि दिगो फाइदाको कार्य प्रारम्भ हुन सक्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउन सक्छ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । तर, पुरानो गतिले पनि काम बिग्रन सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेतर्फ ध्यान दिनु बेस होला । कर्मबल वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला । पहिलेका समस्या दोहोरिन सक्छन् । मुख्य काममा बाधा हुँदा मन खिन्न रहने योग छ । प्रयत्न गर्दा आश मारेको नतिजा प्राप्त हुन सक्छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – भाग्यबल वृद्धि भइ नयाँ कामको प्रस्ताव आउने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्ला । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिएलान् । टाढिएका मित्रजन नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । विभिन्न सहयोग र उपहार मिल्नुका साथै सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । आयआर्जन पनि राम्रै हुने देखिन्छ ।

तुला – दौडधुप वृद्धि भएपनि बोलीको भरमा काम सम्पादन हुने दिन छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । मान-सम्मान बढ्ने योग छ । रसरागमा आकर्षण रहला मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ काममा सम्झौता गर्नुपरे पनि स्वअधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । अध्ययन तथा अध्यापनमा समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनु हितकर हुनेछ । रोकिएको काम मिहेनतले बन्नेछ ।

धनु – विगतका कमी-कमजोरीलाई सुधार गरी कर्म अघि बढाउने समय छ । विछोडिएका परिवारजनसँग भेटघाट होला । धन आर्जनको योग छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने समस्या बढाउन सक्छ, ख्याल राख्नुहोला । स्वास्थ्यगत कमजोरीले चिताएको काममा केन्द्रित हुन नसकेपनि जिम्मेवारी भने बढिरहने देखिन्छ ।

मकर – सानातिना घरेलु काममै अल्झनुपर्ने समय छ । लेनदेनको विवादले अप्ठ्यारो पार्ने योग भएकोले सकभर आर्थिक कारोबार नगर्नु उचित हुनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइको व्यवहार चिसो रहनाले खिन्नता बढ्ला, धैर्य राख्नुहोला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । विरोधिलाई परास्त गर्न सकिनेछ ।

कुम्भ – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यवसायमा राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनसक्ने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनाले काममार्फत अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू सजिलै बन्न सक्छन् । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – पराक्रम वृद्धि हुने र नियमित कामबाट राम्रै लाभ हुने समय छ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । आम्दानीका नयाँ स्रोत फेला पर्ने योग छ । सामाजिक कामको दायित्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...