Admission Open

ad place

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई बधाई

काठमाडौं : नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले बधाई तथा शुभकामना दिएको छ ।

एशोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको पदाधिकारी सहितको टोलीले अर्थमन्त्री पौडेललाई भेटी बधाई तथा शुभकामना दिएको हो ।

सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा भएको भेटघाटमा एशोसिएसनका तर्फबाट अध्यक्ष ढकालले नवनियुक्त अर्थमन्त्रीबाट पूँजी बजारले यसको सुधार विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको बताउँदै मन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

अर्थमन्त्री पौडेलले पूँजी बजारप्रति आफू सकारात्मक रहेको, यस क्षेत्रको विकास र स्थायित्वका लागि आफूले सक्रियतापूर्वक पहल गर्ने बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...