Admission Open

ad place

आजको मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौँः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।  कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र  लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी,   मधेश, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...