Admission Open

ad place

शान्तुईको दुई नयाँ ह्विल लोडर नेपाली बजारमा

काठमाडौं : हेभी इक्विपमेन्ट ब्राण्ड शान्तुईका दुईवटा नयाँ ह्विल लोडर नेपाली बजारमा भित्रिएका छन् ।

नेपालका लागी आधिकारिक बिक्रेता यूनाइटेड इन्फ्रा इक्विपमेन्ट प्रालिले एक कार्यक्रममाझ ३ टन र ५ टन पे लोड क्षमता भएको एल३६–बी५ र एल५५–वी५ मोडलका परिस्कृत ह्विल लोडर सार्वजनिक गरेको हो ।

नेपालमा हालै सुचिकृत भएका ठूला परियोजनालाई मध्यनजर गरी यी उपकरण भित्र्याइएको कम्पनीका प्रबन्ध निर्देशक श्याम खड्गीले जानकारी दिए । उनका अनुसार यी उपकरणले दैनिक काममा सहजिकरण गर्नुका साथै परियोजना समयमै सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्नेछ ।

एल३६–बी५ लोडरमा १.७ सेन्टिमिटरको लोडिङ बकेट ह्विल, १२५ हर्ष पावरको इन्जिन र १०.५ टन अपरेटिङ तौल छ । यो लोडरले कुनैपनि मटेरियल लोडिङ अपरेसनमा उत्कृष्ट पर्फमेन्स दिने खड्गीले जानकारी दिए ।

यसैगरी, एल५५–बी५ मा ३ सेन्टिमिटरको लोडिङ वकेट, २२० हर्ष पावरको इन्जिन र १६.७ टन अपरेटिङ तौल छ । यो लोडर क्रसर, माइनिङ र विभिन्न प्रकारका प्राकिृतिक प्रकोप लागयत क्षेत्रका लागि उपयोगी छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...