Admission Open

ad place

‘आइएमई’ २४ औँ वर्षमा प्रवेश, रेमिट्यान्स क्षेत्रको सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित

काठमाडौं : ‘आइएमई’ लिमिटेड २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । नेपाली रेमिट्यान्सको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ २४ औँ वर्षमा आइपुुग्दा रेमिटेन्स क्षेत्रको सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ ।

आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवका अवसरमा आइएमईले बुधवार काठमाडौंमा विशेष कार्यक्रममा आयोजना गरेको छ ।  “डिजिटल रुपान्तरणलाई अंगाल्दै” भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गर्न पु¥याउने कम्पनीको रूपमा आइएमईले योगदान गरिरहेको बताए ।

रेमिट्यान्स सेवा रकमको औपचारिक आदान प्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको प्रबन्ध निर्देशक ढकालले उल्लेख गरे । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सन्देशमार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाको माध्यमबाट आफ्ना ग्राहकको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै अध्यक्ष ढकालले २४ वर्षको यात्रामा निरन्तर सहयोग गर्नुहुने सेवाग्राही, नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, नियमनकारी निकाय, व्यावसायिक साझेदार, कर्मचारी लगायत सबैलाई धन्यवाद दिएका छन् । वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायलाई थप विविधिकरण गर्दै लगानी बिस्तार गर्ने अध्यक्ष ढकाल बताउँछन् ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए । प्रविधिमा भएको विकासलाई आत्मसात् गर्दै विविधिकृत सेवाको मध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिँदै अघि बढ्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उप बिजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको छ ।

आइएमई लिमिटेडका बारेमा∶

यस संस्था स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध छ । कम्पनीले सेवा शुभारम्भको २४ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...