Admission Open

ad place

आज प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १८ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य आज रु १८ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु १८ सय २५ रहेको थियो । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...