Admission Open

ad place

देशभर ३४ हजार २६७ किलोमिटर सडक निर्माण

काठमाडौं : सडक पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकताका राखेको सरकारले देशभर ३४ हजार २६७ किलोमिटर सडक निर्माण गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आइतवार सङ्घीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा सडक पूर्वाधार निर्माणमा उल्लेख्य सफलता हासिल भएको उल्लेख छ ।

गत फागुनसम्म देशभर १८ हजार २४१ किलोमिटर सडक कालोपत्रे भएको छ । यस्तै, ७६ सय ९७ किलोमिटर ग्राभेल र ८३ सय २९ किलोमिटर सडक कच्ची रहेको तथ्याङ्क छ ।

कूल सडकमध्ये ५३ दशमलव २ प्रतिशत कालोपत्रे, २२ दशमलव २ प्रतिशत ग्राभेल र २४ दशमलव ३ प्रतिशत कच्ची छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...