काठमाडौं, ७ जेठ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ९ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रु १ लाख ४० हजार ९ सयमा कारोबार भएकामा आजका लागि रु १ लाख ४१ हजार ८ सय निर्धारण गरिएको छ ।
यस्तै, तेजाबी सुन आइतबार रु १ लाख ४० हजार २ सयमा कारोबार भएकामा आजका लागि रु १ लाख ४१ हजार १ सय निर्धारण गरिएको महांघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले वृद्धि भएको छ । आइतबार रु १९ सय १० मा कारोबार भएकामा आजका लागि १९ सय ४० निर्धारण भएको छ । (रासस)