Admission Open

ad place

घट्यो सुनको मूल्य, चाँदिको स्थिर : आजको कारोबार मूल्य कति ?

काठमाडौँ, २१ वैशाख : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३५ हजार ८५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार ७५० निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा रु एक हजार ६४५ निर्धारण भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...