काठमाडौं, १७ चैत : टी–२० अभ्यास खेलमा नेपाल ए विरुद्ध आयरल्याण्ड ए ले २२४ रन बनाएर नेपाललाई २२५ रनको निक्कै ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड ए ले राम्रो ब्याटिंग गर्दे २२४ रन बनाएको हो । नेपाल एका सागर ढकालले ३ विकेट लिएका थिए । उनले जेम्स म्याकुलम, रस आदिर र स्टिफन डोहेनीलाई आउट गरेका हुन् ।