काठमाडौं, २१ फागुन : सरकारमा अहिले भईरहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रवीको गठबन्धन हिजो रातीबाट भत्किएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो भने
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको विषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भएपछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।
एमाले सचिवालय बैठकपछि सो बारेमा औपचारिक जानकारी आएको हो । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठकपछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।