Admission Open

ad place

भारतले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न कानूनहरूको आधुनिकीकरण गर्दैछ : प्रधानमन्त्री मोदी

काठमाडौँ : प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न भारतले आफ्ना कानुनहरूको आधुनिकीकरण गरिरहेको र विगत केही वर्षहरूमा देशले औपनिवेशिक कालका हजारौं अप्रचलित कानुनहरू हटाएको बताउनुभएको छ ।

तीन नयाँ कानूनहरूले सय वर्षभन्दा पूरानो औपनिवेशिक आपराधिक कानूनहरू प्रतिस्थापन गरेको प्रधानमन्त्रीले कमनवेल्थ कानूनी शिक्षा संगठन (सीएलइए) को कमनवेल्थ अधिवक्ता तथा कार्यकारी कानुन अधिकृतहरूको सम्मेलन २०२४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभएको हो ।

भारतले औपनिवेशिक कालदेखि कानुनी प्रणाली विरासतका रूपमा पाएको बताउँदै प्रधानमन्त्री मोदीले पछिल्ला केही वर्षहरूमा कानुनमा धेरै सुधार गरेको उल्लेख गर्नुभयो । उहाँले भारतले औपनिवेशिक कालमा लेखिएका हजारौँ अप्रचलित कानुनहरू हटाएको बताउनुभयो ।

नयाँ दिल्लीमा सम्मेलनमा केन्द्रीय कानुनमन्त्री अर्जुन राम मेघवाल र प्रधान न्यायाधीश डी वाई चन्द्रचूडको पनि उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री मोदीले सहकार्य गर्दा एकअर्काको प्रणालीलाई अझ राम्रोसँग बुझ्न सके बुझाइले अझ बढी समन्वय ल्याई सिनर्जीले राम्रो र छिटो न्याय वितरणलाई बढावा दिने बताउनुभयो ।

एक्काइसौँ शताब्दीका चुनौतिहरूलाई २०औँ शताब्दीको दृष्टिकोणले लड्न नसकिने बताउँदै पुनर्विचार, पुनर्कल्पना र सुधारको आवश्यकता रहेको उहाँले बताउनुभयो । (रासस )

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...