काठमाडौँ, २२ पुस : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
आइतबार अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ। यो मूल्य शुक्रबारको तुलनामा १३ पैसाले घटेको हो ।
शुक्रबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसामा कारोबार भएको थियो । यस्तै, युरोपियन युरो ७१ पैसाले घटेको छ ।
आज युरो एकको खरिदमा १४४ रूपैयाँ ८६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५१ पैसा तोकिएको छ। शुक्रबार युरो एकको खरिद मूल्य १४५ रूपैयाँ ५७ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ २३ पैसा तोकिएका थियो ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आइतबार १६७ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७३ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङको शुक्रबारको तुलनामा ८४ पैसाले घटेको हो । शुक्रबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५९ पैसा कायम गरिएको थियो।
उता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८९ रूपैयाँ ४ पैसा कायम हुदाँ क्यानेडियन डलरको खरिददर भने ९९ रूपैयाँ २७ पैसा र बिक्रीमा ९९ रूपैयाँ १५ पैसा तोकिएको छ ।
आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५८ पैसाले भाउँ पाउँदा आज एक साउदी अरेबियन रियालको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ५२ पैसा र बिक्रीदर २८ रूपैयाँ ६५ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ७१ पैसा तोकिएको छ।