Admission Open

ad place

अपाङ्गताका क्षेत्रमा काम गर्न करुणा फाउण्डेसन र खुम्बु पासाङल्हामु गाउँपालिकाबीच सम्झौता

काठमाडौं : अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम संचालनका लागि अपाङ्गता भएका क्षेत्रमा काम गर्दै आएको करुणा फाउन्डेसन नेपाल र खुम्बु पासाङल्हामु गाउँपालिकाबीच सम्झौता भएको छ ।

प्रदेश सरकार सामाजिक मन्त्रालयले सुरु गरेको कार्यक्रममा तीन पक्षीय लागत साझेदारी रहने गरी गाउँपालिकाको तर्फबाट खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुका अध्यक्ष मिङ्ग्मा छिरी शेर्पा र करुणा फाउन्डेसन नेपालका अध्यक्ष डा.भरतमणि देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा प्रदेश सरकार, करुणा फाउन्डेसन नेपाल र कार्यक्रम सञ्चालक हुने स्थानीय तहको ३३५,३३५ लागत साझेदारी हुने छ भने राष्ट्रिय अपाङ्ग महासंघकको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुने छ ।

यस कार्यक्रमले जन्मजात हुने अपांगता न्युनीकरणा, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुनः स्थापन लगायतका कार्यक्रम सञ्चालन गर्ने छ साथै अपाङ्गता भएका तथा अपाङ्गता भएका ब्याक्तीको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामाग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकाशका साथै विविध तालिम समेत प्रदान गर्ने करुणा फाउण्डेसनका सहनिर्देशक दिनेश ढकालले जानकारी दिए । ३ वर्ष अवधिको सो कार्यक्रम २०८० माघ १ गतेबाट शुरु भई २०८३ पुष मसान्तसम्म संचालन हुनेछ ।

कोशी प्रदेशका सात जिल्लाहरूका ७८ स्थानीय तहहरूमा प्राप्त उपलब्धि र सिकाइका आधारमा थप स्थानीय तहहरूमा कार्यक्रम विस्तार गर्न लागिएकोे हो । । कोशी प्रदेशको इलाम जिल्लाबाट सुरु भएको कार्यक्रम पहिलो चरणमा सुनसरी,मोरङ र धनकुटाका केही स्थानीय तहमा कार्यक्रमको सुरुवात गरेको छ । त्यस्तै भोजपुर, सङ्खुवासभा, पाँचथरमा समेत कार्यक्रमको सुरुवात भएको छ हाल उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङका स्थानीय तहमा माघ १ गतेदेखि कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

अगामी वर्षदेखि झापा, तेह्रथुम र ताप्लेजुङमा समेत कार्यक्रम सुरु हुने फाउण्डेसनले जनाएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य जन्मजात हुने अपाङ्गता र जन्म पछि हुने अपाङ्गता रोक्नु र अपाङ्गता भएका ब्याक्तिहरुको जीवनस्तर उकास्ने शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने रहेको छ । आगामी माघ १ गते देखि ३ वर्ष त्रिक्षीय लागत साझेदारीमा र तत पश्चात दीर्घकालीन रूपमा कार्यक्रम सञ्चालन हुने छ । यही कार्यक्रमले अपाङ्गता भएका व्याक्तिहरुको निःशुल्क उपचार समेत हुनेछ । यस कार्यक्रमको सन्चालन सम्बन्धित पालिकाहरूले नै गर्ने छन् ।

कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयको यो कार्यक्रम हाल इलाम, सुनसरी, मोरङ,पाँचथर, भोजपुर, सङ्खुवासभा तथा धनकुटा जिल्लाका सबै ७८ पालिकाहरूमा यो कार्यक्रम चौथो वर्षमा सञ्चालन भइरहेको छ ।

आगामी माघ १ गतेदेखि सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा तथा उदयपुरका ३४ वटा पालिकाहरूमा कार्यक्रम सञ्चालन हुनेछ । जस मध्ये आजसम्म ओखलढुङ्गाको चिशंखुगडी गाउँपालिका, सोलुखुम्बुको लिखु पिके गाउँपालिका, माप्या दुधकोशी गाउँपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका, सोलु दुधकुण्ड नगरपालिका, खोटाङको बराहपोखरी, हलेसी दुवाचुङ, तथा उदयपुरका बेलका नगरपालिका, चौदन्डीगढी नगरपालिका र कटारी नगरपालिका समेत गरी जम्मा १० स्थानीय पालिका तथा नगरपालिकाहरूमा कार्यक्रम सँग सम्बन्धित सम्झौता सम्पन्न भई सकेको छ भने वाकी रहेका २४ पालिकामा माघ महिनाको पहिलो हप्ता सम्झौता सम्पन्न भईसक्ने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...