Admission Open

ad place

आजको मौसम : देशका पहाडी भू–भागमा आंशिक बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना

काठमाडौँ, ९ मसिर : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भेगमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुनुका साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिउँ पर्ने विभागले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव ७ र अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री सेल्सियस रहने छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...