काठमाडौँ, ३० कार्तिक : छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ । अहिले उनीहरु डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त छन् ।
मनरासिस्वा नगरपालिकाका ५० वर्षीय बिजु डोमले भने, ‘जीवनका हरेक दुःख विर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने पर्व छठ हो ।’ छठ पर्वमा विभिन्न परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ६० वर्षीया मालती डोमिनले बताइन् ।