Admission Open

ad place

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा

काठमाडौँ, ८ कार्तिक : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि बाँकी भूभागमा मौसम सफा रहनेछ।

यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...